नेप्सेमा एकल अंकको सुधार, साढे पाँच अर्बको कारोबार

२०८१ जेठ २८ गते

नेप्सेमा एकल अंकको सुधार, साढे पाँच अर्बको कारोबार

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक एकल अंकले बढेको छ । यस दिन नेप्से ८.९० अंकले बढेर २०८२.०९ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.४२ प्रतिशतले बढेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य ७ वटा उपसमूहको परिसूचक बढेको छ भने अन्य ६ उपसमूहको परिसूचक घटेका छन् । सोमबार सर्वाधिक बढ्ने उपसमूहमा हाइड्रोपावर रह्यो जसको परिसूचक २ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा म्युचुवल फण्ड उपसमूह रह्यो जसको परिसूचक २.०४ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad
नेप्से बढेसँगै आज कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबार दिन ५ अर्ब १८ करोड ९० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३१४ वटा स्टकको ७१ हजार ९ सय ४८ पटकको कारोबारमा ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँ बराबरको एक करोड १६ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १७६ वटा कम्पनी बढेका छन् भने ६१ वटा कम्पनी घटेका छन् । यसैगरी ९ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा त्रिशुली जलविद्युत कम्पनी  लिमिटेड, पिपुल्स पावर लिमिटेड र कुथेली बुखारी स्मल हाइड्रोपावर रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा जानकी फाइनान्स रह्यो जसको ८.६७ अंकको गिरावट आएको छ ।

सोमबार सर्वाधिक रकमको कारोबार गर्नेमा एनआरएन इन्फ्रास्ट्रकचार एण्ड डेवलपमेन्ट रह्यो जसको ४१ करोड ८७ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि सोहि कम्पनी रह्यो जसको छ लाख २७ हजार छ सय ७६ कित्ता शेयर किनबेच भएको छ ।