प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणको खर्च ४ करोड ७४ लाख,अर्थ मन्त्रालयले गर्यो निकासी

२०८० पुस ०५ गते

प्रधानमन्त्रीको अमेरिका र चीन भ्रमणको खर्च ४ करोड ७४ लाख,अर्थ मन्त्रालयले गर्यो निकासी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको भ्रमण मण्डलले अमेरिका र चीन भ्रमणमा ४ करोड ७४ लाख २ हजार रुपैयाँ खर्च गरेका छन्।प्रधानमन्त्री दाहाल अमेरिकाको न्यूयोर्कमा भएको संयुक्त राष्ट्रसंघको महासभामा भाग लनि गएको भदौ ३० गते अमेरिका भ्रमणमा गएका थिए।

संयुक्त राष्ट्रसंघको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् प्रधानमन्त्री दाहाल असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि हाङजाउ पुगेका थिए।

Advertisement:

Ad
Ad

भ्रमणपछि प्रधानमन्त्री दाहाल असोज १३ गते नेपाल फर्किएका थिए। यसरी भ्रमणमा जाँदा उनको भ्रमण टोलीले गरेको खर्च अर्थ मन्त्रालयले निकासी गरेको छ।