सानिमा जिआईसी इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने, बोलायो साधारण सभा

२०८० चैत ०२ गते

सानिमा जिआईसी इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने, बोलायो साधारण सभा

काठमाडौँ । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेड (SGIC) ले हकप्रद शेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको हो ।

Advertisement:

Ad
Ad

कम्पनीको उक्त  प्रस्ताव पारित गर्न  चैत २९ गते, बिहीबार, अमृतभोग, कालिकास्थान, काठमाडौँमा साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हकप्रद शेयर जारी गर्ने प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले चैत १५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।