सात अर्बको कारोबार संगै नेप्से परिसूचक ३५.३९ अंकले बढ्यो

२०८० पुस ०४ गते

सात अर्बको कारोबार संगै नेप्से परिसूचक ३५.३९ अंकले बढ्यो

काठमाडौँ   यो साताको चौथो दिन पनि नेप्से दोहोरो अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ३५.३९ अंकले बढेर २१४१.८७ मा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से सोमबार अन्ततः १.६८ प्रतिशतले बढ्न पुगेको हो ।

बजारमा आज ७ अर्व रुपैयाँ बराबरको किन-बेच भएको छ  । जसमा १६१ कम्पनी बढेका छन् भने ७८ कम्पनी घटेका छन् । यसैगरी ५ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यो दिन पनि बोटलर्स नेपाल बालाजुको शेयरमा १० प्रतिशतको उछाल आएको छ ।

Advertisement:

Ad
Ad

आज सर्वाधिक  रकमको  कारोबार गर्ने कम्पनीमा शिवम सिमेन्ट रह्यो भने सर्वाधिक शेयर कारोवार हिमाल दोलाखा हाइड्रोपावर रह्यो ।