२०८१ असार २३ गते
काठमाडौँ । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । यस दिन नेप्से २१.२७ अंकले बढेर २१४०.९७ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः एक प्रतिशतले बढेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य १० वटा उपसमूहको परिसूचक बढेका छन् भने अन्य तिन वटा उपसमूहको परिसूचक घटेका छन् । आइतबार सर्वाधिक बढ्ने उपसमूहमा होटल तथा पर्यटन उपसमूह रह्यो जसको परिसूचक २.९६ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा व्यापार उपसमूह रह्यो जसको परिसूचक २.२३ प्रतिशतले घटेको छ ।
नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबार दिन ६ अर्ब ४८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३२५ वटा स्टकको ८० हजार ८ सय ३८ पटकको कारोबारमा ६ अर्ब २९ लाख रुपैयाँ बराबरको एक करोड ४० लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा १५० वटा कम्पनी बढेका छन् भने ८२ वटा कम्पनी घटेका छन् । यसैगरी १५ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा सीइडिबि हाइड्रोपावर रह्यो जसको शेयरमा ५.२५ अङ्कको सुधार आएको छ । सर्वाधिक घट्नेमा मैलुङ्ग खोला जलविद्युत कम्पनी रह्यो जसको शेयरमा सर्किट लागेको छ ।
आइतबार सर्वाधिक रकमको कारोबार गर्नेमा एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेवेलपमेन्ट कम्पनी रह्यो जसको २१ करोड ७१ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा नेपाल इन्फ्रास्ट्रकचर बैंक रह्यो जसको ४ लाख ७५ हजार कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया