श्रम स्विकृति सम्बन्धी प्रचारप्रसार गर्ने साइबर सेन्टर र तालिम केन्द्रलाई कारबाही हुने

२०८२ चैत २७ गते

श्रम स्विकृति सम्बन्धी प्रचारप्रसार गर्ने साइबर सेन्टर र तालिम केन्द्रलाई कारबाही हुने

काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम स्वीकृति सम्बन्धी काम गर्ने भन्दै प्रचार प्रसार गर्ने साइबर सेन्टर, तालिम केन्द्र तथा अन्य संस्थामालाई कारबारहीको दायरामा ल्याउने भएको छ ।  

 

Advertisement:

Ad
Ad

विभागको कार्यालय वरपर तथा अन्य स्थानमा रहेका केही साइबर सेन्टर, इन्स्टिच्युट तथा संस्थाले ‘श्रम गरिन्छ’, ‘श्रम स्वीकृति सम्बन्धी काम गरिन्छ’ वा ‘श्रम अनलाइन फारम भरिन्छ’ जस्ता शब्द प्रयोग गरी वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने, आकर्षित गर्ने र रकम असुल्ने गरेको गुनासो विभागमा आइरहेको छ। यस्ता खालका बोर्ड, होर्डिङ बोर्ड, फ्लेक्स बोर्ड, भित्ते लेखनलगायतका प्रचार सामग्री सोमबारसम्म हटाउन सम्बन्धित व्यवसायी, साइबर सेन्टर तथा संस्थालाई विभागले निर्देशन समेत दिएको छ।


विभागले श्रम स्वीकृति सम्बन्धी कार्य प्रचलित कानुनअनुसार विभाग तथा तोकिएका श्रम तथा रोजगार कार्यालयबाट मात्र हुने व्यवस्था रहेको स्पष्ट पारेको छ ।