२०८० चैत १९ गते
यस दिन छापावाल सुन प्रतितोला एक लाख ३१ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानेको छ । यसैगरी, तेजाबी सुनले प्रतितोला एक लाख ३० हजार ९५० पुगेको छ।
यसअघि शुक्रबार पनि सुन हालसम्मकै महंगो मूल्यमा कारोबार भएको थियो । उक्त दिन सुन प्रतितोला एक लाख ३० हजार रुपैयाँ पुगेको थियो । तर आइतबार भने सुनको मूल्य स्थिर रहँदा सोहि मूल्य कायम रह्यो ।
त्यसै गरी सोमबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर प्रतितोला एक हजार ५३५ रुपैयाँमा खरिदबिक्री हुँदैछ। हिजो भने चाँदीको मूल्य स्थिर रहेर प्रतितोला एक हजार ५२५ रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया