२०८० फागुन २० गते
काठमाडौँ । साताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन नेप्से परिसूचक ११.७८ अंकले घटेर १९६०.३० अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.५९ प्रतिशतले घट्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य दुई उपसमूहको परिसूचक बढेको छ भने बाँकि ११ उपसमूहका परिसूचक घटेका छन् । यस दिन सर्वाधिक बढ्नेमा उत्पादन र प्रशोधन उपसमूह रह्यो जसको परिसूचक ०.६६ प्रतिशतले बढेको छ । त्यसै गरि आज सर्वाधिक घट्नेमा व्यापार उपसमुहमा रह्यो जसको परिसूचक २.५२ प्रतिशतले घटेको छ ।
बजार घटेसँगै कारोबर रकम पनि घटेर आज जम्मा २.०८ अर्ब बढीको शेयर किनबेच भएको छ । जसमा ६७ वटा कम्पनी बढेका छन् भने १७३ वटा कम्पनी घटेका छन् । यसैगरी ८ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा ग्लोवल आइएमइ लघुवित्त रह्यो जसको शेयर ९.७० प्रतिशतले बढेको छ । आइतबार सर्वाधिक घट्ने कम्पनीमा चिर्ख्वा हाइद्रोपावर कम्पनी रह्यो जसको शेयमा ७.४९ प्रतिशतको गिरावट आएको छ ।
आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा सोनापुर मिनेरल्स एण्ड आयल कम्पनी रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा पनि सोनापुरनै रह्यो ।
प्रतिक्रिया