जलनका बिरामीको निःशुल्क उपचार गर्ने स्वास्थ्य मन्त्री पौडेलको प्रस्ताव मन्त्रिपरिषदबाट पारित
काठमाडौं । अब जलनका बिरामीहरुको सरकारी अस्पतालमा निःशुल्क उपचार हुने भएको छ । गत शुक्रबार कार्तिक २ गते बसेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले प्रस्ताव गरेको जलनपीडितको उपचार निःशुल्क बनाउने प्रस्ताव पारित गरेको हो ।...