आधार दर घट्दा बैंकको ब्याज पनि घट्यो : कृषि विकास बैंक, एभरेष्ट र स्ट्याण्डर्ड चार्टडले घटाए कर्जाको ब्याजदर
काठमाडौं । पछिल्लो एक वर्षको अवधिमा बैंकहरूको ब्याजदर साढे २८ प्रतिशत घटेको छ । निरन्तर निक्षेपको ब्याजदर ओरालो लागेसँगै बैंकहरूको ब्याजदरमा समेत गिरावट आएको हो । चालु आर्थिक वर्ष २०८१/८२ को पुससम्ममा वाणिज्य बैंकहरूको आधार दर औसत ६.७५ प्रतिशत बिन...