प्रधानमन्त्रीको बेडरुमसम्म पहुँच भएको बिचौलियाको आरोप लाग्दै आएका दीपक भट्टको पासपोर्ट रोक्का

२०८२ चैत १७ गते

प्रधानमन्त्रीको बेडरुमसम्म पहुँच भएको बिचौलियाको आरोप लाग्दै आएका दीपक भट्टको पासपोर्ट रोक्का

काठमाडौं । सरकार बनाउने र गिराउने तथा स्वार्थ समूहका नाइकेका रुपमा चिनिएका व्यवसायी दीपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ।उनी विरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान सुरु भएसँगै पासपोर्ट रोक्का हुने भएको हो।

 इन्फिनिटी होल्डिङ्सका प्रमुख भट्टमाथि राजनीतिक पहुँच प्रयोग गरी स्वार्थअनुसार काम गराएको आरोप लाग्दै आएको छ।

Advertisement:

Ad
Ad

२०७९ मंसिरदेखि नै शंकास्पद कारोबारका कारण उनी अनुसन्धानमा तानिएका थिए, तर बीचमा प्रक्रिया रोकिएको थियो। अहिले नयाँ सरकार गठन भएसँगै अनुसन्धान पुनः तीव्र बनाइएको छ।

यसै क्रममा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल लगायतका व्यक्तिहरूसँग सम्बन्धित सम्पत्ति शुद्धीकरणका मुद्दामा पनि छानबिन अघि बढाइएको छ।