२०८२ कात्तिक ०७ गते
काठमाडौं । गायक तथा संगितकार बाबुल गिरीविरुद्ध गायिका नितु पौडेलको परिवारले शुक्रबार प्रहरीमा जाहेरी दिएको छ ।गत शनिबार गायिका पौडेले अनामनगरस्थित गिरीको स्टुडियोमा आत्मदाह प्रयास गरेकी थिइन् ।
गायिका पौडेलको उपचारका क्रममा शुक्रबार बिहान कीर्तिपुरको ‘वर्न अस्पताल’ मा निधन भएपछि उनको दाजु गणेश पौडेलले गिरीविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गराएका हुन् ।
गायिका नितु पौडेल र संगीतकार बाबुल गिरी ९धनबहादुर० झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ ।
प्रतिक्रिया