बीपी राजमार्ग बनाउन जापानले नेपाललाई २ अर्ब ६० करोड दिने

२०८२ कात्तिक १३ गते

बीपी राजमार्ग बनाउन जापानले नेपाललाई २ अर्ब ६० करोड दिने

काठमाडौं । जापान सरकारले नेपाललाई बीपी राजमार्ग बनाउँन साढे २ अर्ब रुपैयाँ भन्दा बढी सहयोग गर्ने भएको छ । काठमाडौंबाट पूर्वी तराईलाई जोड्ने सडक बीपी राजमार्गको बाढी प्रभावित भागको पुनर्निर्माण तथा मर्मतका लागि सहयोृग दिन आज नेपालसँग सझौता भएको छ । 

 

Advertisement:

Ad
Ad

राजमार्गको क्षतिग्रस्त खण्डको पुनर्निर्माण र मर्मतसम्भारका लागि २ अर्ब ८० करोड जापानी येन (करिब २ अर्ब ६० करोड नेपाली रुपैयाँ) बराबरको अनुदान सहायता प्रदान गर्न लागेको हो । आज अर्थमन्त्रालयमा अनुदान सहायता सम्बन्धी एक्स्चेन्ज अफ नोट्समा नेपाल सरकारको तर्फबाट अर्थसचिव घनश्याम उपाध्याय र जापानको तर्फबाट नेपालका लागि राजदूत तोरु माएदाले हस्ताक्षर गरेका छन् ।