इन्ट्रा-डे करेक्सनले शेयर बजारमा झिनो अंकको वृद्धि, कारोबार रकममा गिरावट

२०८१ साउन ०७ गते

इन्ट्रा-डे करेक्सनले शेयर बजारमा झिनो अंकको वृद्धि, कारोबार रकममा गिरावट

काठमाडौँ । यस साताको दोस्रो कारोबार दिन नेप्से झिनो अंकले बढेको छ । यस दिन नेप्से २.१५ अंकले बढेर २४८८.०९ अंकमा बन्द भएको छ ।  बजार खुलेदेखिनै इन्ट्रा-डे करेक्सन व्यहोरेको नेप्से अन्ततः ०.०८ प्रतिशतले बढेको हो ।

Advertisement:

Ad
Ad

आज नेप्सेमा १३ उपसमूहमध्य ७ वटा उपसमूहका परिसूचक बढेका छन् भने ६ वटा उपसमूहका परिसूचक घटेका छन् । सोमबार सर्वाधिक बढ्नेमा उत्पादन तथा प्रशोधन उपसमूह रह्यो जसको परिसूचक २.१६ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा बैंक उपसमूह रह्यो जसको परिसूचक १.२३ प्रतिशतले घटेको छ।

आज नेप्से बढे पनि काभरोबार रकम ने घटेको छ । अघिल्लो कारोबार दिन १५ अर्ब २३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा यस दिन ३०९ वटा स्टकको एक लाख ७० हजार पटकको कारोबारमा १३ अर्ब ९१ करोड रुपैयाँ बराबरको तिन करोड ९७ लाख कित्ता शेयर खरिदबिक्री भएको छ । जसमा ११५ वटा कम्पनी बढेका छन् भने १२१ वटा कम्पनी घटेका छन् । त्यसै गरि ६ कम्पनी भने स्थिर रहेका छन् । यस दिन सर्वाधिक बढ्नेमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड रह्यो जसको शेयरमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक घट्नेमा गणपति लघुवित्त रह्यो जसको शेयरमा ९.९४ प्रतिशतको गिरावट आएको छ ।

सोमबार सर्वाधिक रकमको कारोबार गर्नेमा हिमालयन रि-इन्स्योरेन्स रह्यो जसको ३६ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा सिद्धार्थ इन्वेस्टमेन्ट ग्रोथ स्किम-२ रह्यो जसको १५ लाख ५६ हजार कित्ता शेयर किनबेच भएको छ ।