डिजेल, कोइला प्रयोग गर्न नपाउने गरी प्रत्येक उद्योगमा डेडिकेटेड लाइन जोड्ने बाध्यकारी व्यवस्था ल्याउनुपर्छः इप्पान अध्यक्ष

२०८२ कात्तिक २६ गते

डिजेल, कोइला प्रयोग गर्न नपाउने गरी प्रत्येक उद्योगमा डेडिकेटेड लाइन जोड्ने बाध्यकारी व्यवस्था ल्याउनुपर्छः इप्पान अध्यक्ष

काठमाडौ । अबको केही बर्षमै नेपालको विजुली खेर जाने गरी उत्पादन हुने भएकाले त्यसको आन्तरिक खपत बढाउँन सरकारले प्रत्येक उद्योगमा डेडिकेडेट लाइन जोड्ने गरी  बाध्यकारी व्यवस्था ल्याउनुपर्ने स्वतन्त्र उर्जा उत्पादक संघ इप्पानले बताएको छ । 

 

Advertisement:

Ad
Ad

इप्पान र वि-पावरको आयोजनामा उर्जा विटमा कलम चलाउँने महिला पत्रकारका लागि गरिएको अभिमुखीकरण कार्यक्रममा बोल्दै  इप्पानका अध्यक्ष गणेश कार्कीले कोइला र डिजेल प्रयोग गर्न नपाउने गरी प्रत्येक उद्योगमा डेडिकेटेड लाइन जोड्न सरकारले बाध्यकारी नियम ल्याउँनुपर्ने बताए । उनले भने, 'साढे ११ हजार मेगावाट विद्युत आयोजनाको पिपिए भएको छ । सरकारले चाहेर पनि नचाहेर पनि अबको २/४ वर्षमा  विद्युत उत्पादन हुन थाल्छ । यो विद्युत खपत हुने आधार तयार पार्नुपर्छ ।' 

 

पछिल्लो समय विद्युत आधारभुत आवश्यकता जस्तो भएको बताउँदै कार्कीले भने, 'कोभिडका बेला अन्य व्यवसाय बन्द हुँदा यो व्यवसाय बन्द भएन । जेनजी आन्दोलनले अन्य क्षेत्र प्रभावित हुदा पनि कम खपत भएपनि  विद्युत खपत रोकिएन ।' सरकारले आयोजना मर्मतको सामान आयात गर्दा १ प्रतिशतमात्र भन्सार शुल्क लाग्ने व्यवस्था गर्न पनि उनले आग्रह गरे ।