कुमारी बैंकको ४९ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

२०८१ जेठ २८ गते

कुमारी बैंकको ४९ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले ४९ लाख १२ हजार ४६७ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । बैंकले ४५ लाख ५७ हजार ९१२ कित्ता अन्य व्यक्ति तथा संस्थाहरूका लागि र ३ लाख ५४ हजार ५५५ कित्ता विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्रीमा ल्याएको हो ।

विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र विक्रीमा आएको शेयर खरीदका लागि आगामी ३५ दिनभित्र र अन्य व्यक्ति तथा संस्थाहरूमा विक्रीमा ल्याएको शेयर खरीदका लागि असार ३ गते अपरान्ह ३ बजेभित्र आवेदन पेश गर्नुपर्नेछ । सर्वसाधारणले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको शेयरको मूल्य प्रतिकित्ता १०० रूपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यस्नतम १ लाख कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता माग गर्दै आवेदन पेश गर्नुपर्नेछ ।

Advertisement:

Ad
Ad

विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने शेयरको मूल्य भने विक्रेताले तोके बमोजिम हुने जानकारी बैंकले दिएको छ । इच्छुक खरीदकर्ताहरूले बैंकको केन्द्रिय कार्यालय टंगाल, काठमाडौं वा शेयर रजिष्ट्रारको कार्यालय नक्साल, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । विद्यमान संस्थापक शेयरधनीहरूका लागि मात्र जारी भएको शेयर खरीदका लागि तोकिएको अवधिभित्र आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा संस्थाहरूमा विक्री प्रक्रिया अघि बढ्ने बैंकको भनाई छ ।