२०८२ जेठ ३० गते
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको विरोधका वावजुद चलिरहेको संसद बैठकमा अवरोध भएको छ । विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सदनमा अवरोध गरेका हुन् ।
आजको बैठकमा माओवादी केन्द्रले भने एमाले र कांग्रेससँग २ बुँदे सहमति गरिसकेकाले चुपचाप समर्थन जनाएर बसेको छ ।
गृहमन्त्री रमेश लेखकले संसदमा बोल्दै आफू भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन गरिरहेको र त्यसमा आफ्नो कुनै संलग्नता नरहेको र छानबीनमा कुनै हस्तक्षेप नहुने प्रष्टिकरण दिएका छन् ।
प्रतिक्रिया