नेप्से परिसूचक ३.३४ अंकले घट्यो, कारोबार रकम बढ्यो

२०८० चैत ०७ गते

नेप्से परिसूचक ३.३४ अंकले घट्यो, कारोबार रकम बढ्यो

काठमाडौँ  बुधबार शेयर बजारमा एकल अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक ३.३४ अंकले घटेर २०६३.९५ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.१६ प्रतिशतले घट्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य ३ वटा उपसमूहका परिसूचक बढेका छन् भने अरु दश उपसमूह घटेका छन् । यस दिन सर्वाधिक बढ्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक २.५१ प्रतिशतले बढेको छ । यस दिन सर्वाधिक घट्ने उपसमुहमा प्रशोधन तथा उत्पादन रह्यो जसको परिसूचक १.४५ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad

बजारमा आज कारोबार रकम भने बढेर ३.४९ अर्बबढीको शेयर किनबेच भएको छ । जसमा ९४ वटा कम्पनी बढेका छन् भने १४७ वटा  कम्पनी घटेका छन् । यसैगरी ४ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा गुर्खाज फाइनान्स र बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी रह्यो जसको शेयरमा १० प्रतिशतको  उछाल आएको छ । त्यसका साथै हिजो मात्रै दोस्रो बजारमा कारोबार सुरु गरेको सर्वोत्तम सिमेन्टको शेयरमा  पनि आज सकारात्मक सर्किट लागेको छ । बुधबार सर्वाधिक घट्ने कम्पनीमा बोटलर्स नेपाल बालाजु रह्यो जसको शेयरमा ९.३२ प्रतिशतको गिरावट आएको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा सोनापुर मिनेरल्स एण्ड ऑइल रह्यो भने सर्वाधिक शेयर कारोबार हुने कम्पनीमा लक्ष्मी इक्विटी फन्ड रह्यो ।