२०८१ जेठ ०३ गते
काठमाडौँ । यस हप्ताको अन्तिम कारोबार दिन नेप्से झिनो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ०.७९ अंकले बढेर २०१८.७६ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.०३ प्रतिशतले बढ्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य दुई वटा उपसमूहको परिसूचक बढेका छन् भने अन्य ११ उपसमूहको परिसूचक घटेका छन् । बिहिबार सर्वाधिक बढ्नेमा लघुवित्त उपसमूह रह्यो जसको परिसूचक ३.८० प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्ने उपसमूहमा फाइनान्स उपसमूह रह्यो जसको परिसूचक १.४५ प्रतिशतले घटेको छ ।
बिहिबार सर्वाधिक रकमको कारोबार गर्नेमा सीइडिबि हाइद्रोपावर विकास कम्पनी रह्यो जसको ४३ करोड ९० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि सीइडिबि हाइड्रोपावर विकास कम्पनी नै रह्यो जसको ५ लाख ६८ हजार १२ कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया