२०८१ वैशाख १२ गते
काठमाडौँ । बुधबार शेयर बजार झिनो अंकले बढेको छ । यस दिन नेप्से परिसूचक ०.१५ अंकले बढेर १९६७.६० अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.००१ प्रतिशतले बढ्न पुगेको हो ।
आज नेप्सेमा १३ उपसमूहमध्य ३ उपसमूहको परिसूचक बढेका छन् भने अन्य १० उपसमूहको परिसूचक घटेका छन् । बुधबार सर्वाधिक बढ्ने उपसमूहमा फाइनान्स रह्यो जसको परिसूचक २.४४ प्रतिशतले वृद्धि भएको छ । यसै गरी सर्वाधिक घट्नेमा होटल तथा पर्यटनउपसमूह रह्यो जसको परिसूचक ०.४४ प्रतिशतले घटेको छ ।
सोमबार सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा नेपाल पुनर्बिमा कम्पनीको प्रमोटर शेयर रह्यो जसको ६३ करोड ३० लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै संख्याको हिसाबले सर्वाधिक शेयर कारोबार हुनेमा पनि नेपाल पुनर्बिमा कम्पनीको प्रमोटर शेयर नै रह्यो जसको २२ लाख ६० हजार ८ सय ८० कित्ता शेयर किनबेच भएको छ ।
प्रतिक्रिया