सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, कति पुग्यो ?

२०८२ भदौ १५ गते

सुनको मूल्यमा फेरी नयाँ रेकर्ड, कति पुग्यो ?

काठमाडौं । साताको पहिलो कारोबार दिन  नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले आजसम्मकै उच्च रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर हालसम्मकै उच्च स्तरमा पुगेको हो ।


शुक्रबार प्रतितोला २ लाख ६ सय रुपैयाँमा कारोेबार भएको सुन आज बढेर २ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भैइरहेको छ ।यता चाँदीको मूल्यले पनि रेकर्ड बनाएको छ ।

Advertisement:

Ad
Ad

आज एकै दिन चाँदी प्रतितोला ६५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला २४ सय २५ रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन २३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।