सेयर बजार वृद्धिको दिशा उन्मुख, मंगलबार पनि बढ्यो बजार

२०८१ फागुन १३ गते

सेयर बजार वृद्धिको दिशा उन्मुख, मंगलबार पनि बढ्यो बजार

काठमाडौं । नेप्से सूचक मंगलबार ७.१३ विन्दुले बढेर २७६५.८८ अंकमा आइपुगेको छ ।यस दिन ९ अर्ब ९० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा भने केही घटेको छ।

२ कम्पनीको सेयर सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । गार्डियन माइक्रोलाइफको सेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ । ७ वटा समूहको सूचक बढेको छ । यस दिन ३ सय १२ कम्पनीको १ करोड ७८ लाख ६५ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १ अर्ब रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र एचआइडीसीएल परेका छन् ।

Advertisement:

Ad
Ad