सुनको मूल्यमा स्थिरता, कतिमा हुँदै छ कारोबार?

२०८१ वैशाख ०९ गते

सुनको मूल्यमा स्थिरता, कतिमा हुँदै छ कारोबार?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । गत हप्ताको शुक्रबार सुनको मुल्यले कायम गरेको रेकर्ड मुल्यमा नै यस दिन सुनको कारोबार भैरहेको हो ।

Advertisement:

Ad
Ad

त्यसैगरी आईतबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३९ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोलमा एक लाख ३८ हजार ६५० रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै आईतबार चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ७४० रुपैयाँमा खरिद बिक्री भैरहेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ७२० रुपैयाँमा खरिदबिक्री भएको थियो ।