२०८१ असार १६ गते
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ लाख कित्ता संस्थापक शेयर असार १६ गतेदेखि विक्रीमा आएको छ । प्रतिकित्ता १६२ रूपैयाँ अंकित मूल्यमा कम्पनीले अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । इच्छुक खरीदकर्ताहरूले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी असार २३ गते कार्यालय अवधिभित्र आवेदन पेश गर्नुपर्नेछ । यस अघि कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूमा यी शेयर जारी गरेको थियो ।
विद्यमान संस्थापक शेयरधनीहरूमा ३५ दिने सूचना जारी गर्दा विक्री हुन नसकेपछि अन्य व्यक्ति तथा संस्थाहरूले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याइएको हो । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको यी शेयर कम्पनीले विक्री गर्न लागेको हो । तोकिएको अवधिभित्र न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्दै आवेदन पेश गर्नुपर्नेछ । यी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै एनआइसी एशिया बैंकको कर्पोरेट कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौं र शाखा कार्यालय विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतमा आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया