विदेशी सिम र रिचार्ज कार्ड अनुमति लिएर मात्र बिक्री गर्न प्राधिकरणको निर्देशन

२०८१ फागुन ०९ गते

विदेशी सिम र रिचार्ज कार्ड अनुमति लिएर मात्र बिक्री गर्न प्राधिकरणको निर्देशन

काठमाडौ । नेपाल दूरसञ्चार प्राधिकरणले विदेशी सिम र रिचार्ज कार्ड बिक्री गर्नुअघि ‘नो–अब्जेक्सन’ लिन निर्देशन दिएको छ । विदेश यात्रा गर्न जाने व्यक्तिहरुलाई लक्षित गरी नेपालमा यस्ता सिम र रिचार्ज बिक्री हुने गरेको प्राधिकरणले जनाएको छ ।

विदेशी मुलुकहरुका दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुको सिमकार्ड र रिचार्ज कार्डहरु विदेश यात्रा गर्ने व्यक्तिहरुलाई लक्षित गरी नेपालमा विक्री र वितरण गर्नको लागि यस प्राधिकरणबाट नो अब्जेक्सन प्राप्त गर्नुपर्ने व्यवस्था छ । सोही अनुसार गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

Advertisement:

Ad
Ad