रौतहट प्रहरीले प्रतिबन्धित लागू औषध गाँजासहित कार बरामद गरेको छ । चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदै गरेको ग ३ च ६८९६ नम्बरको कारबाट १ सय ३३ किलो लागू औषध गाँजा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
पुष्पलाल लोकमार्ग अन्तर्गत रामेछापको सुनापति गाउँपालिका–४ बेथानको च्याँडी पाखामा निर्माणाधीन सडक धसिएको छ ।
च्याँडीको अक्कर भीरमा पिच गरिएको झण्डै ३० मिटर सडक भासिएको स्थानीयले बताएका छन् । सो सडकमा कालोपत्रेको काम सकिने बित्तिकै माथिबाट आएको पहिरोले सडकमा क्षति पुगेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग चीनको अन्तरर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।