वाणिज्य पोस्ट

Creator’s Posts

  • साउन १५ गते ‘कोदो दिवस’ मनाउन कृषिमन्त्री अधिकारीको प्रस्ताव

    कृषिमन्त्री रामनाथ अधिकारीले साउन १५ गते कोदो दिवस मनाउन आग्रह गरेका छन् । बिहीबार काठमाडौमा नेपाल डेरी एसोसिएसनद्वारा आयोजित दही चिउरा प्रबद्र्धन कार्यक्रममा बोल्दै उनले असार १५ दही चिउरामा र धान दिवस मनाए झैं श्रावण १५ गते कोदो दिवसका साथै खिर खान आग्रह गरेका हुन् ।

    २०८२ असार १२ गते
  • रानीमहललाई पुरानै अवस्थामा संरक्षण गरिने

    पाल्पाको रानीमहललाई पुरानै अवस्थामा फर्काइ संरक्षण गरिने भएको छ ।  उपप्रधानमन्त्री एवं अर्थमन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, पाल्पा जिल्लाका जनप्रतिनिधि, पुरातत्व विभागका महानिर्देशक, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी, इन्जिनियर लगायतको बैठकले खड्ग शम्शेरले निर्माण गरेको रानीमहलको स्वरुपमा ल्याएर संरक्षण गर्ने र त्यसका लागि गुरुयोजना बनाएर काम अघि बढाउने निर्णय गरेको हो ।

    २०८२ असार १२ गते
  • ‘टेक एण्ड पे–पीपीए’को प्रावधान हटाएकोमा इप्पानद्वारा सरकारलाई धन्यवाद

    २०८२ असार १२ गते
  • माथिल्लो कर्णालीबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता बंगलादेश द्वारा खारेज

    बंगलादेश सरकारले नेपालको ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् परियोजनाबाट ५०० मेगावाट विद्युत किन्ने सम्झौता खारेज गरेको छ । बंगलादेश सरकारले विशेष अधिकार ऐन (स्पेसल पावर एक्ट) अन्तर्गतका सबै सम्झौताहरू निलम्बन गर्ने निर्णय गरेसँगै यस परियोजनाबाट विद्युत् किन्न भएको प्रारम्भिक विद्युत् आपूर्ति सम्झौता (पीएसए) को आशयपत्र बंगलादेशको विद्युत् विकास बोर्ड (बीपीडीबी) ले खारेज गरेको बंगलादेशको स्थानिय पत्रिका द डेली अब्जर्भरले उल्लेख गरेको छ ।

    २०८२ असार १२ गते
  • लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने गहृमन्त्रीको घोषणा

    काठमाडौँ । गृहमन्त्री रमेश लेखकले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्ष (आव) २०८२÷८३ मा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने घोषणा गरेका छन् ।

    २०८२ असार १२ गते
  • भारतका विभिन्न स्थानमा बन्धकपछि उद्धार गरिएका ५७ नेपाली स्वदेश फर्किए

    आकर्षक रोजगारीको झुठो आश्वासनमा भारतका विभिन्न स्थानमा बन्धक बनाइएका ५७ नेपालीलाई भारतबाट उद्धार गरी नेपाल ल्याइएको छ ।  भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक उद्धारलगत्तै अन्य २२ नेपालीको आइतबार साँझ उद्धार गरिएको थियो । बुधबार पश्चिमी नाका गड्डाचौकीबाट उनीहरूलाई स्वदेश ल्याइएको हो।

    २०८२ असार १२ गते