वाणिज्य पोस्ट

Creator’s Posts

  • प्रहरी ऐन संशोधनगरी प्रदेश प्रहरीका विषयहरु समावेश गरिने छ : गृहमन्त्री लेखक

    गृहमन्त्री रमेश लेखकले प्रहरी ऐन संशोधन गरी प्रहरी समायोजनका विषयसँगै प्रदेश प्रहरीका विषयहरु समावेश गरिने बताएका छन् । बुधबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले प्रहरीको मूल कानून प्रहरी ऐन २०१२ मा प्रहरी संगठनका बारेमा उल्लेख नगरेको भन्दै यस विध्येकमा उल्लेख गरी प्रहरीको समायोजनलाई सरल बनाउने बताएका हुन् ।

    २०८२ असार ११ गते
  • संसदीय समितिमा सर्वसम्मत पारित भएका विधेयकमाथि चलखेल र छेडखानी हुने गरेको छ : अध्यक्ष प्रचण्ड

    नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिबाट सर्वसम्मत रूपमा पारित भएका विधेयकहरू प्रतिनिधिसभामा पेश हुँदा चलखेल र छेडखानी हुने प्रवृत्तिप्रति रहेको बताएका छन् । बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल प्रहरी सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधेयकमाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।

    २०८२ असार ११ गते
  • एक हजार पाँच सयले घट्यो सुनको मूल्य

    नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज तोलामा एक हजार पाँच सय रुपैयाँले सुनको मूल्य घटेको हो । मंगलबार तोलाको एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको सुन आज एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    २०८२ असार ११ गते