बुधबार पनि शेयर बजारले गिरावटलाई निरन्तरता दिएको छ। शेयर बजारमा आज १३ दशमलव ९६ अंकले घटेको छ । नेप्सेमा दोहोरो अंकको गिरावट आएसँगै बजार २६ सय २० दशमलव २७ को बिन्दुमा कायम भएको छ ।
नेशनल लाईफ इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो।