२०८२ मंसिर २४ गते
काठमाडौं । जेनजी आन्दोलन भएपछिको तीन महिनापछि सरकार र जेनजीबीच सम्झौता भएको छ । यद्यपि असन्तुष्ट जेनजी एक अगुवाले सम्झौता कार्यक्रमकै बीच उठेर सम्झौतापत्र च्यातेर फ्याँकेका छन् ।
संविधान पुनर्लेखन नगरेको र शासकीय स्वरुप नफेरेको भन्दै जेनजी मुभमेन्ट नेपालका अजय सोडारीले सम्झौता च्यातेका हुन् ।सोडारीले चुनावकै लागि युवाहरुले बलिदान दिएका हुन् र ?भन्दै प्रश्रश्न गरेका छन् ।
विवाद र होहल्ला बढ्दै गएपछि जेनजीकै अन्य समूहका अगुवाहरुले सोडारीलाई चुप लाग्न अनुरोध गरेका थिए । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनलाई सरकारले जनआन्दोलनको मान्यता दिने भएको छ भने भ्रष्टाचार अन्त्य,पारदर्शिता लगायत विभिन्न बुँदामा सम्झौता भएको छ ।
प्रतिक्रिया