राष्ट्रिय सभाबाट तीन सदस्यले दिए राजीनामा

२०८२ माघ ०४ गते

राष्ट्रिय सभाबाट तीन सदस्यले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय सभाका तीन जना सदस्यहरुले राजीनामा दिएका छन् । प्रतिनिधिसभामा उम्मेदवारी दिने तयारीमा रहेका राष्ट्रिय सभाका सदस्यहरू नारायणकाजी श्रेष्ठ, वामदेव गौतम र भगवती न्यौपानेले पदबाट राजीनामा दिएका छन् ।

राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उनीहरूले लिखित राजीनामा बुझाएका हुन् ।

Advertisement:

Ad
Ad