अपर सोलु हाइड्रोको १ करोड १५ लाख भन्दा बढी कित्ता सेयरको लक इन अवधि असार २९ गते सकिदै

२०८२ जेठ २६ गते

अपर सोलु हाइड्रोको १ करोड १५ लाख भन्दा बढी कित्ता सेयरको लक इन अवधि असार २९ गते सकिदै

काठमाडौ । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि आगामी असार २९ गते सकिदैछ ।  लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।
कम्पनीको १ करोड १ लाख ९२ हजार ५०० कित्ता संस्थापक सेयर, १३ लाख ५० हजार कित्ता स्थानीयको सेयर र ३९ हजार १५० कित्ता कर्मचारीको सेयर लक इन रहेको छ । कम्पनीले सर्वसाधारणलाई सेयर बाँडफाँट गरेको मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था  अनुसार यो सेयर लकइन थियो । 
 

Advertisement:

Ad
Ad