२०८२ मंसिर २४ गते
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यले आज पद पुनः बहाली गरेका छन् । सर्वोच्च अदालतको आदेशपछि बुधबार प्राधिकरणमा पुनः पदबहाली गरेका हुन् ।
तत्कालीन ऊर्जामन्त्री कुलमान घिसिङको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको सरुवा निर्णयलाई सर्वोच्च अदालतले प्रतिशोधपूर्ण भन्दै उल्टाइदिएपछि शाक्य पुनः प्राधिकरणको नेतृत्वमा फर्किएका छन्।
पदबहालीका क्रममा उनले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसँग मिलेर काम गर्ने इच्छा जाहेर गरेका छन् । पदभार ग्रहण गर्दै शाक्यले आफू एमडी भएकै कारण मात्र हटाइनुपरेको बताउँदै अब अदालतबाट न्याय पाएर फर्किएको प्रतिक्रिया दिए ।
प्रतिक्रिया