नेपाल प्रहरीद्वारा नागढुंगामा २ केजी सुन बरामद

२०८० मंसिर २२ गते

नेपाल प्रहरीद्वारा नागढुंगामा २ केजी सुन बरामद

काठमाडौं । रसुवाबाट काठमाडौंतर्फ आउँदै गरेको गाडीबाट प्रहरीले नागढुंगामा २ केजी सुन बरामद गरेको छ । २ किलो सुनसहित ३ जनालाई शुक्रवार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले २ किलो सुनसहित ३ जनालाई शुक्रवार पक्राउ गरिएको जानकारी दिएका छन् ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा रसुवाको गोसाइँकुण्ड गाउँपालिका ५ का २८ वर्षीय ग्यालसिंह तामाङ, २६ वर्षीय वीरु तामाङ र स्याफ्रुबेसीका २१ वर्षीय सुनिल भुजेल रहेका छन् । सुन कहाँबाट ल्याएको हो र कता लगिँदै थियो भन्ने विषय खुल्न बाँकी रहेको रेग्मीले बताए ।

Advertisement:

Ad
Ad

यसअघि गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन समेत बरामद भएको थियो ।