शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम चार अर्ब माथि

२०८० चैत ०८ गते

शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम चार अर्ब माथि

काठमाडौँ  साताको अन्तिम कारोबार दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । यस दिन नेप्से परिसूचक १५.३७ अंकले घटेर २०४८.५७ अंकमा बन्द भएको छ । बजार खुलेदेखिनै विभिन्न उतारचढाव व्यहोरेको नेप्से अन्ततः ०.७४ प्रतिशतले घट्न पुगेको हो ।

आज नेप्सेमा १३ उपसमूहमध्य १ उपसमूहको परिसूचक मात्र बढेको छ भने अरु १२ उपसमूह घटेका छन् । यस दिन बढ्नेमा व्यापार उपसमूह रह्यो जसको परिसूचक ०.६५ प्रतिशतले बढेको छ । यस दिन सर्वाधिक घट्ने उपसमुहमा लघुवित्त रह्यो जसको परिसूचक १.३२ प्रतिशतले घटेको छ ।

Advertisement:

Ad
Ad

बजारमा आज कारोबार रकम भने बढेर ३.३१ अर्बबढीको शेयर किनबेच भएको छ । जसमा ४८ वटा कम्पनी बढेका छन् भने १८८ वटा  कम्पनी घटेका छन् । यसैगरी ८ वटा कम्पनीको शेयर भने स्थिर रहन पुगेका छन् । यस दिन सर्वाधिक बढ्नेमा धौलागिरी लघुवित्त रह्यो जसको शेयरमा दश प्रतिशतको उछाल आएको छ । त्यसका साथै आज पनि सर्वोत्तम सिमेन्टको शेयरमा सकारात्मक सर्किट लागेको छ । सो कम्पनी दुई दिन अघि मात्रै दोस्रो बजारमा कारोबार सुरु गरेको हो । बिहिबर सर्वाधिक घट्ने कम्पनीमा बुद्ध भुमि हाइड्रोपावर रह्यो जसको शेयरमा नकारात्मक सर्किट लागेको छ ।

आज सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीमा माछापुछ्रे बैंकको प्रमोटर शेयर रह्यो भने सर्वाधिक शेयर कारोबार हुनेमा पनि माछापुछ्रे बैंककै प्रमोटर शेयर रह्यो । यस दिन माछापुछ्रे बैंकको प्रमोटर शेयरको मात्रै  झन्डै सभा एक अर्ब बराबरको एक करोड ७ लाखबढी शेयर किन बेच भएको छ ।