काठमाडौं। सुनको भाउ आज पौष १२ गते अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिवार सुन तोलामा एकै दिन १ हजार ३०० रुपैयाँले वृद्धि भएर मुल्यमा नयाँ रेकर्ड बनेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २२ हजार रुपैयाँ पुगेको छ ।
Advertisement:
यसैगरी, तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २१ हजार ४०० रुपैयाँ कायम भएको छ । हिजो बुधवार भने छापावाला सुनको मूल्य प्रतितोला एक लाख २० हजार ७०० खरिद बिक्रि भएको थियो ।
यस दिन चाँदीको मूल्यमा १५ रुपैयाँले वृद्धि भइ प्रतितोला एक हजार ४९० रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया