२०८१ वैशाख १६ गते
काठमाडौं । काठमाडौं उपत्यकाको चन्द्रागिरि नगरपालिकास्थित मातातीर्थमा रहेको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेसन र मर्स्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइनको आज उद्घाटन हुँदैछ ।
दिउँसो तीन बजे आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबस्टेसन र प्रसारण लाइन उद्घाटन गर्न लागेका हुन् ।त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउने मातातीर्थ २२०,१३२ केभी सबस्टेसन निर्माण गरिएको हो ।
सबस्टेसनको क्षमता ३२० एमभीए छ । काठमाडौं उपत्यकामा विद्युत् आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सबस्टेसन हब रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
प्रतिक्रिया