तुइनखोलाको पहिरो हटाउन समय लाग्ने सडक डिभिजन भरतपुरको भनाई,वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

२०८२ असोज ०९ गते

तुइनखोलाको पहिरो हटाउन समय लाग्ने सडक डिभिजन भरतपुरको भनाई,वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौँ । मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला पुलनजिकै गएको पहिरो हटाउन समय लाग्ने भएको छ ।

बुधबार साँझ ठूलो वर्षातका कारण राति अबेरसम्म पहिरो पन्छाउन समस्या भएपछि थप समय लाग्ने भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ । 

Advertisement:

Ad
Ad

कार्यालयले भनेको छ– ुआज बिहान ५ः३० बजेदेखि पहिरो पन्छाउन नारायणगढ र मुग्लिनतर्फबाट पाँचवटा उपकरण निरन्तर रूपमा परिचालन भइरहेको छ । तर, साँघुरो ठाउँका कारण धरै उपकरणहरू एकै पटक सञ्चालनमा ल्याई कार्य गर्न सकिएको छैन । यसले पहिरो पन्छाउन समय लाग्ने भएको छ ।ु

सडक सञ्चालन नहुन्जेलसम्म वैकल्पिक मार्गको प्रयोग गर्न पनि कार्यालयले आग्रह गरेको छ ।  लामो समयसम्म बाटो अवरुद्ध हुँदा दसैँमा घर हिँडेका यात्रु मारमा परेका छन् । 

यता धादिङको बेनिघाट गाउँपालिका–१०, जवाङखोला र घोप्टेभीरमा गएको पहिरो भने हटाइएको छ ।  बिहान ३ बजे पहिरो पन्छाएसँगै सडक सञ्चालनमा आएको नागढुङ्गा मुग्लिङ सडक योजनाले जानकारी दिएको छ ।