अर्थतन्त्रको चुनौती पहिचान, के-के हुन् ?

२०८२ साउन २८ गते

अर्थतन्त्रको चुनौती पहिचान, के-के हुन् ?

काठमाडौ । सरकारले अर्थतन्त्रको चुनौती पहिचान गरेको छ ।  राजस्व, खर्च वा ऋण जस्ता सरकारका वित्तीय स्रोत अनुमान गरेभन्दा फरक पर्न सक्ने भएकाले यसले वित्तीय जोखिम बढाउँने ठहर अर्थमन्त्रालयले गरेको छ ।

यी जोखिमहरू आर्थिक वृद्धिदर, मुद्रास्फीति, ब्याज दर, विनिमय दरमा हुने उतारचढाव तथा बाह्य झट्काहरूले उत्पन्न गर्छ ।  त्यस्तै, प्राकृतिक प्रकोप, सरकारी जमानतहरूसँग सम्बन्धित आकस्मिक दायित्वहरू, सार्वजनिक(निजी साझेदारीबाट हुने सम्भावित वित्तीय दबाब, सार्वजनिक उद्यमहरूमा घाटा, र स्थानीय तहमा  कमजोर नियन्त्रण तथा बढ्दो घाटाले वित्तिय जोखिमहरु निम्त्याएको अर्थले भनेको छ । यस बाहेक हरेक वर्ष जाने बाढी र पहिरोले अर्थतन्त्रको वृद्धिमा अवरोध गर्ने गरेको देखिएको छ।

Advertisement:

Ad
Ad


 यद्यपि नेपाल सरकारले  कानुनी तथा प्रशासनिक ढाँचा, पारदर्शिता, अनुगमन संयन्त्रहरू बलियो बनाई वित्तीय जोखिम व्यवस्थापनमा केहस् प्रगति गरेपनि उक्त प्रगती पर्याप्त नभएको भनिएको छ।


अर्थमन्त्रालयले सार्वजनिक गरेको वित्तिय जोखिम विवरण र रणनीतिमा नेपालमा विगत १५ वर्षमा  घरेलु उत्पादनको वृद्धि दरमा उल्लेखनीय उतारचढाव देखिएको छ। २०१५ को भूकम्प, देश संघीयतामा रूपान्तरण, र कोभिड १९ महामारी जस्ता  झट्काहरूले वित्तीय परिणामहरूमा ठूलो अस्थिरता ल्याएको छ। यस्तै बारम्बारको बाढीपहिरोले  जीडीपीको १ प्रतिशत क्षति पुग्ने गरेको देखिन्छ। २०७२ को भूकम्पले जीडीपीमा २२.८ प्रतिशत क्षति पुर्‍याएको थियो। 

प्रदेश र स्थानीय तह संघीय अनुदानमा निर्भर रहनु, राजस्व संकलनमा कमी, अधूरो  बजेट खर्च, बक्यौता वृद्धि र बढ्दो कर्मचारी खर्चलाई पनि अर्थतन्त्रको चुनौतीका रुपमा औंल्याइएको छ