काठमाडौ । ढिला गरी चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको नेपाल पुनर्बिमा कम्पनी लिमिटेडले ५३ करोड २६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।
काठमाडौ । नबिल बैंकले मनोज ज्ञवालीलाई प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । सिईओबाट ज्ञानेन्द्र ढुंगानाले राजीनामा दिएपछि ज्ञवालीलाई कामु सिईओको जिम्मेवारी दिइएको थियो ।
काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले बजेटमा ‘टेक एण्ड पे’ को प्रस्ताब उर्जा मन्त्रालयले नगरेकोले संसोधनका लागि छलफल भइरहेको बताएका छन् ।अपि पावर लिमिटेडको सहायक कम्पनी दार्चूला पावर कम्पनीले दार्चुलामा निर्माण गर्न लागेको मध्य चमेलिया (२८.३ मेवा) जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को ऋणपत्र तोकिएको समयमा बिक्रि नभएपछि आवेदन दिने समय थप भएको । अब यस ऋणपत्रमा जेठ २५ गतेसमम आवेदन दिन सकिनेछ ।
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ मंगलपुरमा बुधबार ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय गाडी र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको मालवाहक ट्रक साइडपट्टी ठोक्किँदा दुर्घटना भएको हो।