नौंमती बाजा घन्काउने महिला समूह : पहिले हेपिए, अहिले तारिफ कमाउँदैछन्
प्रमिला कार्की /नेपाल न्यूज बैंक काठमाठौं । विगत पाँच वर्षदेखि सिर्जनशिल महिला नौमती बाजा समूह सक्रिय छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका ३ मा रहेको समूहमा महिलाहरुमात्रै आवद्ध छन् । समूहले प्रधानमन्त्री, मन्त्रीका क्वाटरहरुदेखि विभिन्न संघ संस्थ...