टक्सार विभागबाट तिहारका लागि ४३ हजार थान सुन र चाँदीका सिक्का बिक्री
काठमाडौं । राष्ट्र बैंकले तिहार लक्षित बिक्रीमा राखेको सुन र चाँदीका सिक्का पाँच दिनमा ४३ हजार थान बिक्री भएको जनाएको छ । काठमाडौंको बबरमहलस्थित राष्ट्र बैंकको टक्सार विभागले धनतेरसलाई लक्षित गरी गत आइतबारदेखि सुन–चाँदीका सिक्का बिक्री सुरु गरेको थिय...