२०८२ चैत १० गते
काठमाडौँ। मंगलबार नेपाली बजारमा सुन र चाँदीको भाउ फरक–फरक दिशामा चलेको देखिएको छ। सुन घट्दा चाँदी भने उकालो लागेको छ। यस दिन सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले घटेर २ लाख ७३ हजार ९०० रुपैयाँमा झरेको छ। अघिल्लो दिन सोमबार भने सुन २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। केही दिनयता सुनको भाउ निरन्तर घट्दो ट्रेन्डमा देखिँदै आएको छ।
यता चाँदीको मूल्य भने बढेको छ। मंगलबार चाँदी प्रतितोला ८० रुपैयाँले बढेर ४ हजार ५०५ रुपैयाँ पुगेको छ, जुन सोमबार ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया