२०८३ भदौ २४ गते
काठमाडौँ । बाढीका कारण आपूर्ति प्रणालीमा परेको असरले काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति असहज बनेको छ । यस्तो स्थितिमा उपभोक्तालाई राहत दिन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई ग्यासको सहज उपलब्धताका लागि आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएकी छिन् ।
मन्त्री यादवले जुनसुकै कम्पनीको सिलिन्डर भएपनि साटेर ग्यास दिन निर्देशन दिएकी छन् । काठमाडौँ उपत्यकाभित्र मात्र लागू हुने गरी उनले यो निर्देशन दिएकी हुन् । एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएको अवस्थामा अर्को कम्पनीको सिलिन्डरसँग समान मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन दिइएको उनको सचिवालयले बुधबार जनाएको छ ।
यो व्यवस्था लागू भएपछि उपभोक्ताले आफूले प्रयोग गर्दै आएको निश्चित ब्रान्डको सिलिन्डर तत्काल नपाएको खण्डमा अन्य जुनसुकै कम्पनीको सिलिन्डरमार्फत पनि सहज रूपमा ग्यास प्राप्त गर्न सक्ने मन्त्रीको विश्वास छ । प्राकृतिक विपद् ९बाढी० का कारण उत्पन्न आपूर्ति समस्यालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई राहत प्रदान गर्ने उद्देश्यले यो कदम चालिएको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया